यू–१९ राष्ट्रिय क्रिकेट : उद्घाटन खेलमा बागमती र गण्डकी भिड्ने

नेपाल क्रिकेट संघ (क्यान) ले निर्वाचनलगत्तै यू–१९ राष्ट्रिय क्रिकेट प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ। मंसिर ७ देखि १९ गतेसम्म हुने प्रतियाेगितामा सातै प्रदेश टिमकाे सहभागिता छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। 

प्रतियोगिताका खेल मंसिर ७ गतेदेखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ।  प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशकाे सहभागिता रहेकाे छ। 

खेल त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो दिनदेखि हरेक दिन दुई खेल हुनेछ। एक खेल त्रिवि क्रिकेट मैदानमा र अर्को मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।