सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका नेता लीको गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल सकिएको थियो। उनको हृदयघातका कारण निधन भएको बताइएको छ।
चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको बिहीबार राति निधन भएको छ। ६८ वर्षीय लिको हृदयघातका कारण निधन भएको बीबीसीले जनाएको छ।
उनी गत वर्ष अवकास हुनुभन्दा अघि चिनियाँ कम्युनिस्ट पार्टीमा दोस्रो शक्तिशाली व्यक्ति मानिन्थे। चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार बिहीबार उनलाई हृदयघात भएपछि सांघाइको एक अस्पतालमा पुर्याइएको थियो। त्यहाँ गए राति १२:१० बजे उनको निधन भएको हो।
उनी राजनीतिमा तल्लो तहदेखि निकै संघर्ष गरेर माथि पुगेका व्यक्तिका रूपमा चिनिन्छन्। पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका उनी व्यवहारवादी अर्थशास्त्री पनि हुन्।
चिनियाँहरूले उनको मृत्युमा गहिरो शोक मनाइरहेका छन्। 'घरको खम्बा ढलेको' भन्दै श्रद्धाञ्जली प्रकट गरिरहेका छन्।
सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका नेता लीको गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल सकिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
