इजरायली सेनाको हवाई आक्रमणमा परेर गाजापट्टि हमासको कब्जामा रहेका ५० जना इजरायली नागरिकको मृत्यु भएको हमासले
इजरायली सेनाको हवाई आक्रमणमा परेर गाजापट्टि हमासको कब्जामा रहेका ५० जना इजरायली नागरिकको मृत्यु भएको हमासले जनाएको छ।
हमासको अल कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले आफ्नो टेलिग्राम च्यानलमार्फत यसबारे जानकारी दिएको जेरुसलम पोस्टले लेखेको छ। त्यसपछि हमासले यसबारे थप जानकारी दिएको छैन। दुई हप्ता पहिले पनि हमासले इजरायली हवाई आक्रमणमा परेर ४ विदेशी नागरिकसहित ९ जना बन्धकको ज्यान गएको दाबी गरेको थियो।
तर, अल जजिराको रिपोर्टले भने इजरायलले हमासको सैन्य भवनमा गरेको हमलाको बदला लिन आफैले मारेको जनाएको छ। प्यालेस्टिनी विद्रोही समूह हमासले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि शुरू भएको युद्ध जारी छ।
युद्धमा अहिलेसम्म ८ हजारभन्दा धेरै प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने इजरायलमा पनि दश नेपाली विद्यार्थीसहित १४ सय ५ जना मारिएका छन्। एक जना नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन्। उनलाई पनि हमास लडाकुले बन्धक बनाएर राखेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
