दशैँअघि उपत्यकाबाट बाहिरिने बस र विमानमा भरिभराउ भएर गएकाहरू पर्वको पारिवारिक जमघट सकिएलगत्तै काठमाडौँ फर्किंदा यता आउने यातायातका साधनहरू उसरी नै खचाखच देखिन्छन्।
काठमाडौँ– परिवारजन र आफन्तसँग दशैँ मनाउन आफ्ना थातथलोमा गएकाहरू धमाधम कर्मथलो काठमाडौँ फर्किंदैछन्।

दशैँको छोटो अविधिकाे छुट्टीमा केही दिन रमाएर विदा सकिएसँगै उनीहरू आ-आफ्ना कामका लागि फर्किन थालेका हुन्।

दशैँअघि उपत्यकाबाट बाहिरिने बस र विमानमा भरिभराउ भएर गएकाहरू पर्वको पारिवारिक जमघट सकिएलगत्तै काठमाडौँ फर्किंदा यता आउने यातायातका साधनहरू उसरी नै खचाखच देखिन्छन्।


योसँगै काठमाडौँमा बाहिरबाट आएका गाडी रोकिने कलंकी, कोटेश्वर लगायत क्षेत्रमा भिडभाड बढेको छ। हवाई यात्रा गरेर फर्किनेहरू पनि त्यति नै छन्। त्यसकारण त्रिभुवन विमानस्थलमा पनि फर्किँदै गरेका यात्रुहरूको घुइँचो देखिन्छ।


दशैँ मनाएर फर्केकाहरू कसैले कोशेली ल्याएका छन् भने कोही रित्तै आएका छन्।



बस र बिमानबाट ओर्लेर आ-आफ्ना बासस्थानतिर लाग्ने तरखरमा रहेकाहरूमध्ये कोही बस, ट्याक्सी चढेर तथा 'राइड सेयरिङ'मार्फत गन्तव्यतिर गइरहेका छन्। कसैलाई लिन काठमाडौँमा रहेका उनीहरूका आफन्त तथा साथीभाइ आइपुगेका छन्।


बिहीबारदेखिको यस्तो दृश्य शुक्रबार र शनिबार अझ बाक्लिँदै आइतबारसम्म जारी रहनेछ। शुक्रबारदेखि सरकारी कार्यालय पनि खुलेसँगै सडकमा सवारीसाधनको संख्या पनि बढेको छ।


दशैँ विदा सकेर कार्यस्थल फिरेकाहरूको भिडभाडसँगै दशैँमा सुनसानप्राय: देखिएको काठमाडौँ उपत्यकाको चहलपहल साबिकको लयमा फर्किंदैछ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किसन पाण्डे
