तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९८ हजार र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० मा काराेबार भइरहेकाे छ।

काठमाडौँ– सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ। 

बुधबार प्रतितोला ९८ हजार चार सयमा कारोबार भएको छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो। त्यस्तै चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो एक हजार २९५ थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक मूल्य तोक्दै आएको छ।