ट्रमा सेन्टरमा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव रहेको सेन्टरका निर्देशक डा. रिजाल बताउँछन्
काठमाडाैँ– राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामी अप्रेसन गर्नुपर्ने अवस्थाका हुने गरेका छन्।
ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिब ४५० देखि ५०० जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने अवस्थाका हुने गरेको जानकारी दिए। तर जनशक्ति अभावका कारण हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको मात्र अप्रेसन हुँदै आएको छ।
ट्रमा सेन्टरमा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव रहेको डा.रिजालले गुनासो पोखे। झन्डै ३०० जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै ३०० गरी ६०० जना कर्मचारी कार्यरत छन्। दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको उनले बताए।
अस्पतालमा १०० चिकित्सक र २५० जना नर्स कार्यरत छन्। अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको डा. रिजाल बताउँछन्। अस्पतालमा बिरामीको चाप हुने गरेकाले २१८ शय्या सञ्चालनमा रहेका छन्। उनका अनुसार अहिले वार्डहरूको स्तरोन्नति गर्ने काम भइरहेको छ। यस्तै, अस्पतालबाट अनलाइन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको उनको भनाइ छ।
डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिह्याब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरू मर्कामा परेको बताए। उनले सरकारी तवरमा रिह्याब सेन्टर नहुँदा निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि लबिङ गरिरहेको बताए। उनले स्पाइन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरू अप्रेसन गरिसकेपछि पुनःस्थापनाका लागि रिह्याब सेन्टरमा जानुपर्ने बताए।
तर, ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन, स्पोर्टस, घोडाको चोट, ढाडको चोट)हरूका लागि आवश्यक पर्ने एमआरआई मेसिन नहुँदा समस्या भएको छ। तर पनि बिरामीहरूलाई छिटो छरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लीन रहेको उनी बताउँछन्।
उनले भने, "कुनै पनि बिरामी अस्पतालभित्र उपचार पाएर दुई हप्ताभित्र जसरी पनि फर्किने गरेका छन्।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
