मुगुको छायानाथ रारा नगरपालिका–४ मा एकै परिवारका चार जनाको शव भेटिएको छ।
मुगु– मुगुको छायानाथ रारा नगरपालिका–४, मन्दु गाउँमा एकै परिवारका चार जना मृत भेटिएका छन्।
स्थानीयले घरमा उनीहरूको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। २६ वर्षीया श्रीदेवी बोहरा, उनका दुई छोरा ११ वर्षीय मनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षीया छोरी अप्सरा बोहराको शव भेटिएको हो।
स्थानीयका अनुसार दशैँ मनाउन माइती गएकी श्रीदेवी र उनका तीन सन्तान ८ गते नै घर फर्किएका थिए। तर, उनको घरमा ताल्चा लगाइराखिएको थियो। उनीहरू घर फर्किए पनि घरमा ताल्चा लगाएको पाइएपछि शुक्रबार बिहान स्थानीयले खोजी गर्दा चार जनाकै शव घरभित्रै पाइएको हो।
उनीहरूको हत्या कात्तिक ८ गते राति नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटना कसरी भयो र कसले गर्यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय मुगुले अनुसन्धान गरिहरेको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख वीरेन्द्र थापाले धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरेको अवस्थामा शव पाइएको र घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी गराए।
मृतक श्रीदेवीका श्रीमान् दीपक बोहरा वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
