परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहितका पदाधिकारीहरूको नामावली पेस गरिएको छ।
काठमाडौँ– आरके शर्मा समूहले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वमा आधिकारिकता दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ।
गत अक्टोबर १९ मा अनलाइन माध्यमबाट भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक प्रतिनिधिले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेका थिए। सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरू आधिकारिक रहेको दाबी गरेको हो। उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ।
परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहितका पदाधिकारीहरूको नामावली पेस गरिएको छ। आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ।
निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौँबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अरू दुई जना उम्मेदवार शर्मा र महेश कुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए।
शुरूमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसी लगायतले शपथ लिएपछि ललितपुरको होटल हिमालयमा बन्दसत्र गरेर शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो।
शर्मा समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरूले नमान्ने बताउँदै आएको छ। परराष्ट्रमा निवेदन दर्ता गराएपछि शुक्रबार कार्यालय समय सकिएकाले आइतबार मात्रै बालुवाटार जाने तय भएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
