परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका छन्।
काठमाडौँ– परराष्ट्र मन्त्री नारायणप्रकाश साउद आइतबार अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री साउदको अमेरिका भ्रमणको कार्यतालिकाबारे जानकारी दिएको हो।
मन्त्री साउद संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार स्वागत गर्ने छन्, भने सोही दिन साँझ अमेरिका प्रस्थान गर्ने छन्। महासचिव गुटेरेसले कात्तिक १२ गतेदेखि १४ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दै छन्।
कात्तिक १२ गतेदेखि १९ गतेसम्म अमेरिकाको भ्रमणका क्रममा मन्त्री साउद दुई पक्षीय भेटवार्ता तथा विभिन्न अन्तर्क्रियामा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनको अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनसँग वासिङ्टन डिसीमा द्विपक्षीय भेटवार्ता हुने छ।
उनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइट र अमेरिकी सरकारका अन्य उच्चाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।
परराष्ट्रमन्त्री साउद अमेरिकाको शान्ति संस्थान (यूएसआईपी)मा छलफल कार्यक्रम, नेपाली–अमेरिकी व्यापारिक समुदायसँग अन्तर्क्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँग भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि तथा नेपाली–अमेरिकी पेसाकर्मीसँग अन्तर्क्रियालगायतमा सहभागी हुने छन्।
परराष्ट्रमन्त्री साउदको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीका साथै नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधि सहभागी छन्। परराष्ट्रमन्त्री कात्तिक १९ गते स्वदेश फर्किने कार्यतालिका छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
