यस्तो रहनेछ शनिबारको माैसम

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडाैँ– शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहनेछ।

यी तीन प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शनिबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। 

अहिले नेपालको पश्चिमी भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।