३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र संरचना हटाउन लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने जनाएको छ।
काठमाण्डौ– पोखरा महानगरपालिकाले फिर्केखोलाको क्षेत्रभित्र बनेका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ। महानगरले शक्रबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र अवैध संरचना हटाउन निर्देशन दिएको हो।
महानगरपालिकाले निकालेको सूचनामा वडा नम्बर १८ को अन्धेरीकुनादेखि वडा नम्बर २, ४, ५, ८, ७, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू हटाउन भनिएको छ। यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएकोभन्दा भित्र रहेका सबै संरचना हटाउनुपर्ने सूचनामा उल्लेख छ।
३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र संरचना हटाउन लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले भुक्तानी गर्नुपर्ने महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
