प्रेमले आफ्नी छोरी साक्षीलाई जसरी बिहे गरेर पठाएका थिए, त्यसैगरी बाजागाजा र गानबजानसहित घरमा भित्र्याए।
भारतको झारखण्डमा आफ्नी छोरीलाई लिन बुवा छोरीकै घर पुगेका छन्, त्यो पनि बाजागाजासहित।
यही कारण झारखण्डको राजधानी राँचीका प्रेम गुप्ता केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा छन्। इँटा भट्टा चलाउने गुप्ताकी एक्ली छोरी साक्षीले आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद गर्ने निर्णय गरिन्। जब उनले यसबारे आफ्ना बुवालाई सुनाइन्, उनका बुवा प्रेमले छोरीको निर्णयलाई स्वीकारेनन् मात्रै, उल्टै भव्य स्वागत गर्दै घटस्थापनाको दिन घर लिएर आए।
साक्षीलाई जसरी बिहे गरेर पठाइएको थियो, त्यसैगरी बाजागाजा र गानबजानसहित घरमा भित्र्याएको बीबीसी हिन्दीले जनाएको छ।
प्रेम गुप्ताले सामाजिक अवस्थालाई ध्यानमा राख्दै आफूले उक्त निर्णय गरेको बताएका छन्। बीबीसीसँगको कुराकानीमा उनी भन्छन्, "हामीले निकै तामझामका साथ छोरीको बिहे गरेका थियौँ, धेरै पैसा खर्च भएको थियो। तर जब हामीलाई छोरीको अवस्थाको बारेमा थाहा भयो र मेरी छोरी गलत छैन भन्ने भएपछि यसरी घर ल्याउने निर्णय गरेको हुँ।"
समाजले आफ्नो छोरीलाई गलत नभनुन् र वैवाहिक सम्बन्ध निभाउन नसकेको आरोप नलगाउन् भनेर आफूले यसरी छोरीको स्वागत गर्दै पुनः घर भित्र्याएको उनको भनाइ छ।
यस्तै साक्षी आफ्नो बुवाको निर्णयप्रति निकै खुशी छिन्।
"त्यो पहिलो नवरात्रको दिन थियो, बुवाले मलाई लिन आउँछु भन्नुभएको थियो, त्यसैले म सामान प्याक गर्दै थिएँ। त्यहीबेला बाजागाजाको आवाज सुनेँ। कसैको बिहेको बाजा बजेको होला सोचेँ। तर बाहिर हर्दा त्यहाँ मेरो बुवा देखेँ, म चकित भएँ," त्यो दिन सम्झिँदै उनी भन्छिन्, "बाहिर निस्किनुभन्दा पहिले म बिहेका तस्वीर हेरिरहेकी थिएँ, तस्वीरलाई हेरेर नराम्रो लागिरहेको थियो। च्यातेर फालिदिएँ। म बाहिर आएपछि बुवाले मेरो काँधमा हात राख्दै मुस्कुराउनुभयो र उनको खोठमा मुस्कान देखेर मलाई मेरो बुवा दुःखी छैनन्, उल्टै मेरो निर्णयप्रति खुशी छन् भन्ने लाग्यो।"
साक्षी आफ्ना बुवाले महिलालाई भगवान् (लक्ष्मी) मान्ने गरेको र घरका सबै केटी सदस्यलाई निकै माया गर्ने बताउँछिन्। "मेरा बुवाले जुन निर्णय लिएका छन्, त्यस्तो नर्णिय आफ्नो छोरीको लागि प्रत्येक बुवाले गर्नुपर्छ," उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
