परापूर्वकालदेखि चलिरहेको यो पर्व बीचमा २५ वर्ष रोकिएपछि अहिले पुनः शुरू गरिएको सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले बताए।
काठमाडौँ– काठमाडौँ उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व शनिबारदेखि शुरू भएको छ।
शनिबारबाट भीमसेन स्थान परिसरमा महिलाहरूद्वारा लिंगो ठड्याएर पर्व शुरू भएको हो। यो पर्व अबको एक महिनासम्म चल्नेछ। महिलाहरूलाई जागरुक बनाउन र अघि सार्नका लागि सांकेतिक रुपमा यो पर्व मनाइने गरिन्छ। आज बिहान ८ बजेर ५८ मिनेटको शुभ साईतमा लिंगो ठड्याएर यो पर्वको शुरूवात गरिएको हो। पर्वको बारेमा बोल्दै सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले परापूर्वकालदेखि चलिरहेको यो पर्व २५ वर्ष रोकिएपछि पुनः शुरू गरिएको बताए। उनले महिला सशक्तिकरणलाई जोड दिनका लागि यो पर्व शुरू गरिएको बताए।
उनले भने, "यो परापूर्वकालद्खि चलिरहेको थियो। लामो समय विविध कारणले रोकिन पुग्यो। २५ वर्षपछि महिला दिदिबहिनीलाई नै अघि सारेर यो शुरू गरेका हौँ। परम्परालाई संसारभर देखाउन सकियोस् भन्ने हो। यो दुर्लभ पर्व हो। यसमा महिला सशक्तिकरणलाई जोड दिएका छौँ। आज शुरू भएको छ, एक महिनासम्म चन्द्रज्योति दीप दिन्छौँ।"
त्यस्तै पर्वमा सहभागी महिला रञ्जू कपालीले महिलालाई जागरुक बनाउनका लागि यो पर्व शुरू गरिएको बताइन्। २५ वर्ष पहिला रोकिएको यो पर्वलाई महिला सशक्तिकरणका लागि पुनः शुरू गरिएको उनको भनाइ छ।
उनले भनिन्– "२५ वर्ष अघिदेखि तानेको भन्ने छ। महिलालाई अघि बढाउनुपर्छ भन्ने सन्देशले यो कार्यक्रम शुरू गरिएको हो। महिलालाई जागरुक बनाउन यो कार्यक्रम गरेको हो।"
उनले महिलाहरू पछि परिरहेको समयमा महिलालाई कुनै पनि काममा अघि बढाउनुपर्ने सन्देशसहित यो पर्व मनाइने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
