दक्षिणकाली–हेटौंडा सडक भएर, थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ।
काठमाडाैँ– दशैँतिहारको बिदा सदुपयोग गर्न काठमाडाैँ नजिक घुमघामको योजना बनाउनुभएको छ भने, इन्द्रसराेवर उपयुक्त गन्तव्य हुनसक्छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने यो ताल मानवनिर्मित हो। जलविद्युत् आयोजनाको लागि कुलेखानी खोलालाई छेकेर ड्याम बनाइएको यसलाई पछि इन्द्रसरोवर भन्न थालियो। यो ताल नेपालको सबैभन्दा ठूलो मानवनिर्मित ताल पनि हो।

काठमाडौँबाट कुलेखानी करिब दुई घण्टाको गाडी यात्राबाट पुग्न सकिन्छ। कतै कच्ची सडक त कतै पक्की सडक हुँदै यहाँ पुग्न सकिन्छ। दक्षिणकाली–हेटौंडा सडक भएर, थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ।

काठमाडौँबाट छोटो दुरीमा रहेको कुलेखानी बल्खुबाट करिब ४५ किमिको यात्रापश्चात् पुग्न सकिन्छ। निजी तथा सार्वजनिक सवारी साधनमा फर्पिङ, फाखेलको सडक हुँदै करिब २ घण्टाको यात्रामा मार्खु, कुलेखानी पुगिन्छ।
यहाँको विशेषता भनेको माछा हो। कुलेखानीलाई लोकल माछा खान पनि उपयुक्त स्थान मानिन्छ। यहाँ आउने आगन्तुकका निमित्त होटल तथा रिसोर्टहरू छन्। यस्तै इन्द्रसरोवरमा डुंगा चढेर पनि आनन्द लिन सकिन्छ। यहाँ करिब ४० वटा डुंगाबाट पर्यटकलाई सयर गर्ने सुविधा उपलब्ध गराइएको छ। सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्ने गरेका छन्।







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
