कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सानेपा पुगेका एमाले अध्यक्ष ओलीले ठूलो दलमाथि प्रश्न उठेको नभई उठाउने कोशिश मात्रै भएको टिप्पणी गर्दै यसको यथोचित ढंगले जवाफ दिइने बताएका छन्।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलमाथि प्रश्न उठेको नभई उठाउने प्रयास मात्र गरिएको बताएका छन्। शनिबार नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूहरूले यथासमयमा यसको जवाफ दिने जिकिर गरे।
देशका पछिल्ला घटनाक्रमलाई लिएर राजनीतिक दलहरूप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, “हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिश गरिएको छ।” उनले यस विषयको जवाफ यथासमयमा यथोचित ढंगले दिने पनि बताए। उनले यस्ता प्रयासलाई प्रश्नका रूपमा नलिन आग्रह गरे।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यस्ता प्रश्नको उचित समयमा जवाफ दिइने प्रतिक्रिया दिए।
कांग्रेसको चियापन कार्यक्रममा एमाले अध्यक्षसहित ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायत सहभागी भएका छन्। उनीहरूको कांग्रेस सभापति देउवा, उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङलगायतका नेताहरूले स्वागत गरेका थिए।
कांग्रेसले दशैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन शनिबार चियापान आयोजना गरेको हो। कांग्रेसले चियापान कार्यक्रममा सहभागी हुन राजनीतिक दलका प्रमुख, नेपाल सरकारका मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ।
कांग्रेसले विसं २०३४ देखि चियापान शुरू गरेको हो। बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि शुरू भएको चियापान कार्यक्रमलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
