नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा दशैँ, तिहार, छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान समारोहमा राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले आयोजना गरेको चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका शीर्ष नेताहरूले सहभागी भएका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसले शनिबार दशैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।

चियापान कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले सहभागी भए। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पनि चियापान समारोहमा पुगेका थिए।

नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतका नेताहरू पनि चियापन समारोहमा सरिक भएका थिए। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूले स्वागत गरेका थिए भने नेताहरूले शुभकामना व्यक्त गरेका थिए।

बीपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि विसं २०३४ देखि चियापान शुरू चियापान कार्यक्रमलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
