रास्वपा सभापति रवि लामिछानेले जनताले गरेको विश्वासलाई पुष्टि गर्नु, पार्टी निर्माण गर्नु र दस्ताबेज निर्माण गर्नु पार्टीको आगामी चुनौतीका रूपमा व्याख्या गर्दै प्राप्त जिम्मेवारी पूरा गर्ने दाबी गरे।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशको गरिबी र भ्रष्टाचार नियन्त्रणलाई साझा मुद्दा बनाएर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने छन्।
नेपाली कांग्रेसले शनिबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले दलहरूबीच चुनावबाहेक राष्ट्रिय सरोकारका विषयमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता नरहेको औँल्याएका हुन्।
“सबै राजनीतिक दलहरूले लड्नुपर्ने साझा विषय छ, देशको गरिबी र भ्रष्टाचार। चुनावका हिसाबले लड्नुपर्ने कुरा बेग्लै होला, हामी चुनावबाहेक अरू विषयमा लड्ने कुरा छैन,” उनले भने।
उनले बीपी कोइरालासँग कसैलाई तुलना गर्न नसकिने बताए। उनले बीपीका आदर्शहरूलाई आत्मसात् मात्रै गर्न सक्ने बताए।
“कहाँ बीपी, कहाँ हामी ? त्यो बहुआयामिक व्यक्तित्व, राजनीतिक चेत, त्याग, तपस्या, विधान, आदर्श सबै कुरा हामीले पढ्न र सिक्न मात्रै सक्छौँ,” उनले भने, “तुलना त धेरै परको कुरा हो।”
उनले विभिन्न कालखण्डमा बीपीले निर्माण गरेको उच्च राजनीतिक चरित्रबाट धेरै कुराहरू सिक्न सकिने बताउँदै उनीसँग तुलना गर्ने सामर्थ्य आफूसँग नरहेको बताए।
उनले रास्वपाको आगामी चुनौती जनताले छोटो समयमा गरेको विश्वासलाई पुष्टि गर्ने, पार्टी निर्माण गर्ने र दस्ताबेज निर्माण गर्ने रहेको बताउँदै प्राप्त जिम्मेवारीलाई पूरा गर्ने दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
