पेरीले ९० को दशकको हिट अमेरिकी टिभी कार्यक्रम 'फ्रेन्ड्स' मा चन्डलर बिङ पात्रको भूमिका निभाएका थिए।
अमेरिकी टिभी साे ‘फ्रेन्ड्स’का चर्चित अभिनेता म्याथ्यु पेरीको निधन भएको छ। उनको ५४ वर्षको उमेरमा शनिबार निधन भएको बीबीसीले जनाएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार पेरीको शव लस एन्जलसको उनको घरमा भेटिएको छ। लस एन्जलस टाइम्सले माथ्यु उनको घरमा बाथटबमा मृत भेटिएका जनाएको छ। हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ।
म्याथ्यु पेरीले ९० को दशकको हिट अमेरिकी टिभी कार्यक्रम 'फ्रेन्ड्स' मा चन्डलर बिङ पात्रको भूमिका निभाएका थिए। न्यूयोर्क शहरमा बस्ने छ जना युवा साथीहरूको जीवनमा आधारित यो टिभी कार्यक्रम सन् १९९४ देखि २००४ सम्म प्रसारण भएको थियो। सन् २००० को दशकसम्म यसको अन्तिम एपिसोड पाँच करोड २५ लाखपटक हेरिएको थियो। यो दशकमा सबैभन्दा धेरै हेरिएको टिभी कार्यक्रम थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
