सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख १७ हजार रुपैयाँ

गत शुक्रबारको भन्दा एक हजार रुपैयाँले बढेको हो।

काठमाडाैँ– सुनको भाउ बढेर अहिलेसम्मकै महँगो भएको छ। आइतबार सुन तोलामा एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार प्रतितोला एकलाख १६ हजार रुपैयाँ मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै गएको छ। कार्तिक एक गते प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर आइतबार १ हजार ४१५ रुपैयाँ पुगेको छ।