आयात बढ्दा व्यापार घाटा पनि गत वर्षको भन्दा २.१५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
काठमाडाैँ– असोजमा चाडपर्वलक्षित आयात बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सामाग्री आयात भएको छ।
भदौमा १ खर्ब ३० अर्ब रुपैयाँको वस्तु तथा सामाग्री आयात भएको विभागको तथ्याकं छ। चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुहरूको आयात ठूलो परिमाणमा हुँदै आएको छ।
असोजमा आयात भएको वस्तुको परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो। आयात बढे पनि निर्यातमा भने निरन्तर गिरावट आएको छ। असोजमा ४० अर्ब ८७ करोड ४९ लाख मूल्य बराबरको वस्तु तथा सामाग्री निर्यात भएको छ। जुन पोहोर असोजको भन्दा पनि २.२६ प्रतिशतले कम हो।
असोजमा आयात बढ्दा व्यापार घाटा पनि गत वर्षको भन्दा २.१५ प्रतिशतले बढेको विभागले जनाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ। गत वर्ष यही अवधिमा भने ३ खर्ब ५९ अर्ब १७ करोड घाटा थियो।
यी हुन सबैभन्दा बढी आयात भएका वस्तुहरू
तीन महिनाको अवधिमा २९ अर्ब ९२ करोड १ लाख रुपैयाँ बराबरको डिजेल आयात आयात भएको छ। विभागका अनुसार असोज महिनामा मात्र १४ अर्ब १८ करोड रुपैयाँको डिजेल आयात भएको छ। यस्तै १७ अर्ब १० करोड ८७ लाख रुपैयाँको पेट्रोल र ११ अर्ब ६२ करोड ७१ लाख बराबरको एलपीजी ग्यासको आयात भएको छ।
डिजेल, पेट्रोल र ग्यासको आयातबाट सरकारले २२ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। पेट्रोलियम पदार्थपछि ९ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ बराबरको फलाम आयात भएको विभागको तथ्याकं छ। यस्तै ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको फलामजन्य फेरस धातुका सामाग्रीहरूको आयात भएको छ। ९ अर्ब ४३ करोड रुपैयाँ १९ लाख रुपैयाँ बराबरका ६ लाख४२ हजार ४ सय १५ थान स्मार्टफोनपनि आयात भएको छ। यो अवधिमा ७ अर्ब ३५ करोड मूल्यको सुन आयात भएको विभागको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
