उनीहरूले गठबन्धनको स्पष्ट बहुमतबाट नै आगामी सरकार गठन हुने र यसले संविधानको भावना अनुरूप राजनीतिक स्थायित्व दिने अपिलमा भनेका छन्।
काठमाडौं– सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउन अपिल गरेका छन्। बिहीबार संयुक्त रूपमा अपिल जारी गर्दै गठबन्धनका शीर्ष नेताहरूले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई जिताउन आह्वान गरेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गर्दै निर्वाचनको परिणामले संविधान विघटनकारी र प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने बताएका छन्।
"यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ। यसको अर्थ संविधानको भावनाअनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउनु हो। तसर्थ पाँच वर्षमा हुने यो आमनिर्वाचनलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौँ।"
उनीहरूले गठबन्धनको स्पष्ट बहुमतबाट नै आगामी सरकार गठन हुने र यसले संविधानको भावना अनुरूप राजनीतिक स्थायित्व दिने अपिलमा भनेका छन्।
मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ। निर्वाचनको मौन अवधि बिहीबार मध्यरात १२ बजेपछि शुरू हुने निर्वाचन आयोगले जनाएको छ। मौन अवधि शुरू भएपछि चुनाव प्रचारप्रसार गर्न नपाइने आयोगको भनाइ छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
