नेप्सेमा २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा सीमित

कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। यो कम्पनीको चार करोड आठ लाख ५६ हजार ३१५ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.१८ अंकले ओरालो लागेर एक हजार ८७५.६५ मा सीमित भएको छ। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१६ अंकले ओरालो लागेर ३६१.९४ मा सीमित भएको छ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ। कुल २७ लाख १२ हजार १२३ कित्ता शेयर ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँमा कारोबार भएको छ। कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। यो कम्पनीको चार करोड आठ लाख ५६ हजार ३१५ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।

यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल दुई करोड ४७ लाख २७ हजार, सिटिजन लाइफ इन्स्योरेन्स दुई करोड ३० लाख चार हजार १८३, नबिल बैंक दुई करोड १७ लाख ३७ हजार ६५२ र घोराही सिमेन्ट एक करोड ९९ लाख एक हजार ४३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो ८.९९, सिवाईसी नेपाल लघुवित्त ६.६०, घलैम्दी हाइड्रो ५.७१, बीपीडब्ल्यू लघुवित्त ५.६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ३.६७ प्रतिशतले कमाएका छन्। यस्तै, सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर ७.९२, एनआईबीएल प्रगति फन्ड ५.५७, एनआईसी एशिया ग्रोथ फन्ड ५.५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाएका छन्।