प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्तापछि सञ्चारकर्मीमाझ अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन उनको भूमिका महत्त्वपूर्ण हुने प्रतिक्रिया दिएका हुन्।
“नेपालको शान्तिप्रक्रिया ‘ट्रान्जिसन जस्टिज’अन्तर्गत अन्तिम चरणमा छ,” उनले भने, “त्यसलाई टुंगोमा पुर्याउन पनि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघका महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौँ।”
प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले नेपालमा पारेको असर न्यूनीकरणका लागि महासचिव गुटेरेसले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरिएको बताए। उनले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
महासचिव गुटेरेसले आफूसँग विश्वशान्तिका लागि नेपाली सेना र नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा उनीहरूको योगदानको उचित सम्मान हुने आशा व्यक्त गरे।
“निकै सौहार्दपूर्ण र विश्वासको वातावरणमा हाम्रा कुरा भए। र, यो भ्रमणपछि राष्ट्रसंघ र नेपालबीच र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले व्यक्त गरेका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
