राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका ‘हिंसालाई महिमामन्डन गर्ने क्रियाकलापले’ शान्तिप्रक्रिया टुंग्याउन असहज भएको बताएका छन्।
काठमाठौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्तिप्रक्रिया टुंग्याउन असहज भएको बताएका छन्।
आइतबार संघीय संसद् भवनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको ‘हिंसालाई बढवा दिने क्रियाकलापले’ शान्तिप्रक्रिया टुंग्याउन असहज भएको बताएका हुन्।
माओवादी युद्ध शुरू भएको दिनलाई दिवसका रूपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्तिप्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्रसंघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
“जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो, आज प्रधानमन्त्री हुनुहुन्छ। उहाँले नै यी सबै विषयहरू टुंग्याउन भूमिका खेल्नुपर्नेमा चाहिँ अलिकति हिंसालाई बढवा दिने खालको, हिंसालाई महिमामण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ। खास गरेर युद्ध शुरू भएको दिनलाई दिवसको रूपमा मान्यता दिने जुन कुराहरू भयो। यसले पीडितहरू अलिकति चिन्तामा छन्,” ओलीको भनाइ उद्धृत गर्दै उनले भने।
यता महासचिव गुटेरेसले आफूले नेपालको शान्तिप्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए।
त्यसैगरी, ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्तिप्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्रसंघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले उल्लेख गरे।
महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्रसंघलाई नेपालजस्तो विकासोन्मुख देशहरूको बलियो अभिभावकको रूपमा हेर्न चाहेको पनि बताएका थिए।
चारदिने नेपाल भ्रमणमा आएका महासचिव गुटेरेससँग एमाले अध्यक्ष ओलीसहितका नेताहरूले भेटवार्ता गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
