साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ।
काठमाडौं– साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक २५.५७ अंक बढेर १ हजार ९३६.८३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स यस दिन ४.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८० अंकले बढेको छ।
बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता सेयर १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, लगानी, विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।
नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य २.९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
