उनीहरूले ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैंक खातासँग लिङकअप गराई खाता नवीकरण, केवाइसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ– ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका–५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढीमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन्।
त्यस्तै, गौर नगरपालिका–५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका–५ बस्ने २१ वर्षीय रितेश कुसवाहालाई पनि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैंक खातासँग लिङकअप गराई खाता नवीकरण, केवाइसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ।
उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटमा ट्रान्सफरलगायत भुक्तानीसमेत गरी १८ जनाबाट १५ लाखभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रवक्ता रेग्मीले बताए। यस ठगीमा संलग्न उनीहरूलाई रौतहट जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आइतबार काठमाडौँ जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
