दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको दूतावासले जनाएको छ।
काठमाडौँ– दक्षिणी इजरायलमा प्यालेस्टिनी सैन्य समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ। तेल अभिभस्थित नेपाल राजदूतावासले आइतबार विज्ञप्ति जारी गर्दै थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो।
राजदूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलवारको शव पहिचान भएको हो। अझै दुई विद्यार्थीको शव पहिचान हुन बाँकी रहेको छ।
अक्टोबर ७ का दिन हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। तीमध्ये पहिचान खुलेका पाँच नेपाली विद्यार्थीको शव नेपाल ल्याइसकिएको छ।
बाँकी दुई शवको पहिचानको क्रम जारी रहेको दूतावासले जनाएको छ। “हालसम्म सो घटनामा निधन भएका आठ विद्यार्थीको शव पहिचान भएको छ भने बाँकी विद्यार्थीको शव पहिचानको क्रम जारी रहेको छ,” विज्ञप्तिमा भनिएको छ।
त्यस्तै उक्त आक्रमणपछि नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन भएका थिए। उनको उपलब्ध सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी खोजी भइरहेको दूतावासले जनाएको छ। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि विपिनको सकुशल स्वदेश फिर्तीको कामना गरेका थिए।
त्यस्तै, आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये एक जना नेपाल पुगिसकेको र एक जना दूतावासको हेरचाहमा रहेको जनाइएको छ। “दुई जना घाइते अस्पतालमै उपचाररत छन्,” विज्ञप्तिमा भनिएको छ।
हमासले इजरायलमाथि गरेको हमलामा एक हजार चार सय इजरायलीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जबाफी कारबाही भन्दै इजरालले लगातार गाजा क्षेत्रमा आक्रमण गर्दा आठ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको संख्या धेरै रहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
