कांग्रेस सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाटै छिट्टै पारित हुने बताएका छन्। सभापति देउवाले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाट छिट्टै पारित गराउने बताएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले बताए।
त्यसैगरी, सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका थिए। महासचिव गुटेरेसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताएको कानूनमन्त्री गुरुङले बताए।
देउवासँगको भेटमा महासचिव गुटेरेसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बंगलादेश लगायतका छिमेकी देशहरू समेत मारमा पर्ने भएकाले त्यो समस्या समाधानमा आफूहरूले पूरा साथ रहने बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
