त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटीभीले घाइतेको संख्या ४० पुगेको उल्लेख गरेको छ।
आन्ध्र प्रदेशमा आइतबार राति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने दर्जनाैँ घाइते भएका छन्।
त्यहाँका जिल्ला प्रशासन अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटीभीले घाइतेको संख्या ४० पुगेको उल्लेख गरेको छ। विशाखापट्टनम–पलासा यात्रुवाहक रेल र विशाखापट्टनम–रायगडा यात्रुवाहक रेलका पछाडिको भाग एकआपसमा ठोक्किँदा दुर्घघटना भएको बताइएको छ। रेलका तीनवटा डिब्बा लिकबाट खसेका छन्।
अहिले उद्धार कार्य जारी छ।आन्ध्र प्रदेशका मुख्यमन्त्रीको कार्यालयका तर्फबाट मुख्यमन्त्री जगनमोहन रेड्डीले तत्काल राहत र उद्धार कार्यका लागि निर्देशन दिएका छन्।
भारतमा रेल दुर्घटनामा बर्सेनि सयाैँको ज्यान जाने गरेको छ। एक महिना पहिले मात्रै भारतको ओडिसामा रेल दुर्घटना हुँदा २८० जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
