यस सुरुङले प्रस्तावित एशियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ।
दक्षिण एशियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ। बंगलादेशमा पानीमुनि निर्माण गरिएको ३.३१५ किलोमिटर लामो सुरुङमार्ग शनिबारबाट यातायातका लागि सञ्चालनमा ल्याइएको हो।
बंगलादेशको कर्णफुली नदी सुरुङ परियोजनाले अक्टोबर २८ मा औपचारिक रूपमा यातायात शुरू गरेको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्घाटन गरेकी हुन्। बंगबन्धु शेख मुजिबुर रहमान सुरुङमार्गको उद्घाटन समारोहमा हसिना र चिनियाँ राजदूत याओ वेन पनि सहभागी थिए।
यस आयोजनाको निर्माण २०१७ डिसेम्बर ५ बाट शुरू भएको थियो। यसलाई चिनियाँ लगानीद्वारा विदेशमा निर्मित पहिलो पानीमुनिको ठूलो सुरुङ परियोजना मानिएको छ। राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बंगलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो। यो दुई पक्षका जनता, व्यापार र पर्यटनका लागि ठूलो अवसर भएको बताइएको छ।
सुरुङले प्रस्तावित एशियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ। चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय शहर कक्स बजारसम्मको दूरी ४० किलोमिटर घटाउने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
