कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सीमावर्ती क्षेत्र तथा नाकाहरूमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको हो।
मोरङ– भारतसँग सीमा जोडिएका कोशी प्रदेशका जिल्लाहरूमा प्रहरीले पर्वलक्षित जाँच अभियान शुरू गरेको छ। यस क्रममा झापाको भद्रपुरस्थित सीमा नाकामा विशेष तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सीमावर्ती क्षेत्र तथा नाकाहरूमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको जनाइएको छ। भद्रपुर नगरपालिका–५ स्थित मेची पुल तथा आसपासका क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले दुईवटा तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गरिरहेको छ।
सीमा–नाकाबाट आवतजावत गर्ने सवारीसाधन तथा शंकास्पद व्यक्तिहरूको जाँच भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। तिहारअघि ठूलो परिमाणमा पटाका भित्र्याउने गरिएका नाकाहरूमा पनि विशेष निगरानी भइरहेको प्रहरीले जनाएको छ। यसअघि विराटनगरस्थित सीमावर्ती नाका जोगबनीलगायत नाकाहरूमा प्रहरी टोलीले जाँच तथा निगरानी गर्दै आएको छ।
यसबाहेक प्रदेशका १४ वटै जिल्लामा पनि पर्वलक्षित सुरक्षा योजनाअनुसार काम भइरहेको जनाइएको छ। कोशी प्रदेशअन्तर्गत रहेका मुख्य सीमा नाकासहित अन्य नाकाहरू तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि टोलीहरू परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दशैँ शुरू भएदेखि नै प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार निगरानी गर्न थालेको हो। योजनाअनुसार प्रदेशमा ७ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
