चितवनमा चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले जनाएको छ।
चितवन– नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले २६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो।
केन्द्रका अनुसार कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख तीन हजार रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ। कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने २१४ ग्राहक कालोसूचीमा परेका छन्।
यस्तै, ३९ वटा उद्योग, ६ वटा संस्थागत, तीन वटा पानी उद्योगलाई पनि कालो सूचीमा राखिएको छ। लामो समयसम्म बक्यौता रकम नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने र दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम शुरू गरिएको उनले बताए।
दुई महिनासम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम आइतबारदेखि शुरू गरिएकामा पहिलो दिन विद्युत् महसुल धेरै बाँकी रहेका १० ग्राहकको लाइन काटिएको छ।
लाइन काटेसँगै कतिपयले रकमसमेत भुक्तानी गरिसकेका छन्। प्राधिकरणका कर्मचारीले विद्युत् मिटरबक्स रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको हो। इन्जिनियर पौडेलले भने “शुरूआतमा विद्युत् महसुल धेरै भएका ग्राहकको लाइन काटिने छ। कम्तीमा १० हजार रुपैयाँसम्म तिर्न बाँकी रहेका ग्राहकको लाइन काट्ने गरी काम अघि बढाएका छौँ।”
दुई महिना नाघेका ग्राहकबाट मात्रै ३५ करोड ४१ लाख ५३ हजार रुपैयाँ शुल्क उठ्न बाँकी रहेको उनले जानकारी दिए। दुई वर्षभन्दा माथिको १० करोड ५६ लाख ४४ हजार रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको छ।
कार्यालयले चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको इन्जिनियर पौडेलले बताए। दुई महिनादेखि ६ महिनासम्म महसुल नतिर्ने ग्राहकबाट चार करोड ९८ लाख २० हजार, ६ महिनादेखि १२ महिनासम्मको महसुल नतिर्ने ग्राहकबाट दुई करोड आठ लाख २८ हजार, एक वर्षदेखि दुई वर्षसम्मको महसुल नबुझाउने ग्राहकबाट तीन करोड २९ लाख ५८ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
