नेप्सेमा सामान्य अंकको सुधार

सोमबार सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन करोड ६० लाख ७४ हजार ७४० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर एक हजार ८७८.७० अंकमा कायम भएको छ।

सोमबार २८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार २३७ पटक खरिद बिक्री हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ बराबरको कारोबार भएको छ।

सोमबार होटल तथा पर्यटन समूह ०.४२, उत्पादन तथा प्रशोधन समूह ०.८० र म्युचुअल फन्ड ०.४६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह ०.८६ र व्यापार समूह ०.८१ प्रतिशतले बढेको छ।

सोमबार सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.८२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार भएका शेयर संख्याका आधारमा सोमबार सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन करोड ६० लाख ७४ हजार ७४० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख कित्ता किनबेच भएको छ।