विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक–२०८० को प्रतिवेदन समितिको आगामी बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ।
काठमाडौँ– विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक–२०८० को प्रतिवेदन समितिको आगामी बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकको निर्णय सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले विधेयकको सम्बन्धमा दफावार छलफल सम्पन्न भएको भन्दै आगामी बैठकमा छलफलका लागि प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताए।
“विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को सम्बन्धमा समितिले आज दफावार गरेको छ। सचिवालयलाई आगामी बैठकमा छलफलकालागि पेस गर्ने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिने निर्णय भएको छ,” उनले भने।
सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयसँगको समन्वयमा समिति सचिवालयले प्रतिवेदन तयार गर्ने र आगामी बैठकमा त्यसमाथि छलफल भई पारित हुने बताए।
“सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयसँगको समन्वयमा समिति सचिवालयले प्रतिवेदन तयार गर्छ अब र त्यही प्रतिवेदनलाई सम्भवतः कात्तिक १६ गते बस्ने समितिको बैठकमा त्यसमाथि छलफल हुन्छ र पारित हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
