कोशी प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा एमाले प्रमुख सचेतक भण्डारीले सत्तारूढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा नबस्ने अडान राखेको छन्।
काठमाडौँ– कोशी प्रदेशमा मन्त्रिपरिषद् बिस्तारबारे नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल भएको छ।
सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रिपरिषद् बिस्तारबारे छलफल भएको हो।
माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एक दललाई सामेल गरेर मन्त्रिपरिषद् बिस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए। उनले छलफलक्रममा सत्तारूढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सामेल गराए एमाले सरकारमा नबस्ने अडान राखेको बताए।
“माओवादी, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने, अनि हामी पनि त्यही बस्ने कुराचाहिँ हुँदैन भनेका छौँ,” उनले भने, “कुनै एउटा दल थपिन पनि सक्ला।”
कांग्रेसले पनि गठबन्धनभित्रको कुनै एक दललाई सहभागी गराएर सरकार बिस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी कांग्रेस सांसद शमशेर राईले जानकारी दिए। “कोशी प्रदेशको सवालमा गठबन्धनभित्रको थप एउटा दल थप्ने भनेपछि सकियो नि! सजिलो त्यही होला,” उनले भने।
एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत पाएका थिए।
मुख्यमन्त्री कार्कीले असोज २८ गते दुई जना मन्त्री नियुक्त गरेका थिए। त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसके छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
