नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्।
काठमाडौँ– संघीय संसद् सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकको तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्। यसको निम्ति संघीय संसद् सचिवालयले तयारी गरिरहेको हो।
सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। मंगलबार बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसक्ने उनको भनाइ छ।
“तयारीहरू अन्तिम चरणमा पुगिसकेको अवस्था छ। अधिवेशन चलिरहेको अवस्था भएकोले सबै सिस्टमहरू रि–चेक गर्ने काम भएको छ। अन्य व्यवस्थापनका काम पनि आवश्यकताअनुसार भई नै रहेका छन्। भोलि १० बजेसम्म सबै, जे–जे गर्नुपर्ने हो खासगरी साजसज्जा लगायतका सबै कुराहरू सकिइसक्छ,” उनले भने।
उनले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने जनाए। “दुवै सभाको संयुक्त बैठक सञ्चालन नियमावलीले तोकेबमोजिम बैठक सञ्चालन हुन्छ। सभामुखले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नुहुन्छ। राष्ट्रियसभा अध्यक्ष पनि त्यहीँ नै हुनुहुन्छ,” उनले भने।
उनका अनुसार बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको छ। गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ।
प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद् बैठकमै तत्कालै अनुवाद गर्न सक्ने अवस्था नरहेकाले वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको तर निष्कर्ष पुगीनसकेको जनाए।
“संसद्मा रोस्टमबाट बोलेको कुरो संसद्मा त्यहीँ अगाडि नै रोस्टममा बसेर अनुवाद गरेर अगाडि जान सक्ने अवस्था देखिन्न। अन्य वैकल्पिक के गर्न सकिन्छ भनेर प्रयास गरिराखिएको छ। उत्तम विकल्प के हुनसक्छ भनेर छलफल भइरहेको छ। निष्कर्षमा पुगिसकिएको छैन,” उनले भने।
उनले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
