आरती साहको माइतीपक्षले उनको हत्या भएको र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १३६ दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन्।
काठमाडौँ– नागरिक अभियन्ताले आरती साहका परिवारलाई न्यायको अनुभूति गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। आरती साहका परिवारले १३६ दिनदेखि न्याय माग्दै धर्ना जारी राख्दासमेत न्यायको अनुभूति गर्न नपाएको भन्दै आइतबार माइतीघर पुगेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन बृहत् नागरिक आन्दोलनको ब्यानरसहित सोमबार माइतीघर पुगेका नागरिक अभियन्ताले पीडितले राज्यविहीनताको अवस्था महसुस गर्नु दुखद भएको बताए। आरती साहका परिवारको समर्थनका लागि माइतीघर पुगेका सचिन घिमिरेले सरकारको बेवास्ताले पीडितलाई राज्यविहीनताको महसुस भएको बताए।
उनी आरतीले न्याय नपाउनुलाई कानूनी रूपमा देश लोकतन्त्रमा गए पनि तथ्यगत रूपमा अझै जनतामा लोकतन्त्रको अनुभूति हुन नसकेको तथ्यगत प्रमाणका रूपमा व्याख्या गर्छन्।
“सरकारलाई आरती साहको केश इजरायलको भन्दा पनि जटिल भएको जस्तो देखियो। राज्य जनताका यस्ता समस्याप्रति गम्भीर भएर नलागेसम्म लोकतन्त्रको अनुभूति हुँदैन,” उनले भने, “यति धेरै दिन न्यायका लागि आन्दोलन गरेर बस्नु परेको जुन अवस्था छ, यसबाट हामीलाई राज्यविहीनताको महसुस भइरहेको छ।”
त्यस्तै, अभियन्ता शिशिर उप्रेतीले सरकार आफैँ बुझेर गर्नुपर्ने कामका लागि आन्दोलन गर्नुपर्ने अवस्था दण्डहीनताको पराकाष्ठा हो भन्दै राज्यले आफ्नो काम सही ढंगले गर्न नसक्दा पीडितले थप पीडा खेप्नु परेको बताए।
“पीडित १३६ दिनदेखि आन्दोलनरत रहेका छन्, सरकारले आँखा बन्द गरेर बसेको छ। यस्तो कुरामा यसरी आन्दोलन बस्नुपर्ने कुरा नै होइन। सरकारले आफैँ बुझेर गर्नुपर्ने कामका लागि उहाँहरू चाडपर्व नभनीकन यस्तो चिसोमा यसरी बस्नु भएको छ। यो दण्डहीनताको पराकाष्ठा हो,” उनले भने।
आरती साहको माइतीपक्षले उनको हत्या भएको र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै धर्ना दिँदै आएका छन्। उनको शंकास्पद मृत्युको पाँच महिना बितिसक्दा पनि न्याय नपाएको परिवारको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
