आयुर्वेदिक औषधि भन्दै विक्री गरिने झोल औषधिमा पनि बढी मात्रामा सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रङरोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङरोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए। उनका अनुसार बालबालिका, प्रजनन समूहका वयस्क मानिस, केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीमा पनि रगतमा लेड (सिसा) पाइएको छ। सिसा एक प्रकारको रसायन हो जुन सजिलै नपग्लने र मानिसको शरीरमा नपच्ने खालको हुन्छ।
मानिसलाई आवश्यकभन्दा बढी सिसा रहेको अध्ययनले देखाएको उनले बताए। रङरोगन (पेन्टर्स), सौन्दर्यका साधन (लिपिस्टिक, काजल), रङ्गीचङ्गी खेलौना, चाउचाउ र केही दर्ता नगरिएका आयुर्वेदिक औषधिका लेड (सिसा) पाइने गरेको उनले जानकारी दिए। लेडको विषाक्तताबाट जोगिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।
सरकारले लेड (सिसा) को विषबाट बच्नका लागि जनचेतना जगाउन सचेतना सप्ताह मनाएको छ। सिसा बिजुलीको तेल, शृङ्गारका सामग्री घर रङ्गाउने पेन्टमा प्रयोग गरिन्छ। यस्तै, आयुर्वेदिक औषधि भन्दै विक्री गरिने झोल औषधिमा पनि बढी मात्रामा सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।
लेड (सिसा)को विषबाट मानिसलाई मस्तिष्क, स्नायु र मानिसको व्यवहारमा असामान्य बनाउने गर्दछ। यसैगरी सिकाइ र सुनाइमा पनि मन्द विकास गराउँछ। सिसाको मात्रा शरीरमा बढी भएको अवस्थामा बच्चा र युवालाई पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत हुने, रक्तअल्पता, झनक्क रिसाउने, मिर्गौला बिग्रने, एकान्त बस्ने जस्ता लक्षण देखिने गर्दछ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मानव स्वास्थ्यका लागि १० विषाक्त रसायनमध्ये एक रसायन सिसा हो भनेको छ। सरकारले रङको मात्रा ९० पीपीभन्दा कम हुनुपर्दछ भनेर मापदण्ड बनाए पनि अनुगमन नहुँदा बढी मात्रा सिसाको प्रयोग हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
