पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। 

काठमाडाैँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। 

यस्तै, राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया माैसम सफा रहनेछ।