बंगलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलर बराबर निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ।
बंगलादेशमा हजारौँ गार्मेन्ट श्रमिकले न्यूनतम पारिश्रमिक तीन गुणा बढाउन माग गर्दै सोमबार प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सुरक्षा बलसँग झडप हुँदा दुई मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बंगलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ। तर, देशको ४० लाख कपडा कामदारहरूमध्ये धेरैको अवस्था दयनीय छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीका अनुसार देशको सबैभन्दा ठूलो औद्योगिक शहर गाजीपुरमा कम्तीमा १० हजार मजदुरले सिफ्ट छोडेर विरोध प्रदर्शन गरेका छन् भने अन्य सात हजारले आशुलिया र हेमायतपुर क्षेत्रमा विरोध प्रदर्शनमा सहभागी भएका छन्।
आशुलिया गार्मेन्ट युनियनका नेता मोहम्मद इब्राहिमले एक लाखभन्दा बढी प्रदर्शनकारी रहेको भन्दै प्रहरीको तथ्यांकको खण्डन गरेका छन्। राजधानी ढाकाको उत्तरमा रहेको मेमनसिंह जाने राजमार्गमा भएको प्रहरी र आन्दोलनकारीबीचको झडपमा दुई श्रमिकको मृत्यु भएको छ।
उक्त स्थानमा कम्तीमा चार हजार मजदुर र प्रहरीबीच झडप भएको थियो। प्रदर्शनका क्रममा मजदूरले एउटा पिकअप ट्रकमा आगो लगाएको अधिकारीहरूले एएफपीलाई बताएका छन् भने उनीहरूले दिनभर सडक अवरुद्ध गरेका प्रहरीले पुष्टि गरेको छ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा र इँटाले आक्रमण गर्न थालेपछि दुईपक्षबीच भएको झडपमा केही प्रहरी पनि घाइते भएका छन्। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ध्वनि ग्रिनेडको सहारा लिनुपरेको जनाएको छ। प्रहरीका अनुसार प्रदर्शनकारीले झ्याल फुटाउनुका साथै फर्निचरमा क्षति पुर्याउँदा कम्तीमा ४० उद्योगमा क्षति पुगेको छ।
बंगलादेशमा लगभग तीन हजार ५०० गार्मेन्ट कारखानाहरू छन्, जहाँ विश्वका केही ठूला खुद्रा बिक्रेता र ब्रान्डहरूका लागि कपडाहरू बनाइन्छन्। तर, त्यहाँ काम गर्ने श्रमिकको आधारभूत मासिक ज्याला औसत आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) रहेको छ।
देशको सबैभन्दा ठूलो कपडा उत्पादक संघले नयाँ मासिक न्यूनतम आधारभूत ज्यालालाई २५ प्रतिशत वृद्धिको प्रस्ताव गरे पनि श्रमिकहरूले यसलाई तीन गुणा अर्थात् दुई हजार ३०० टाका (२०८ अमेरिकी डलर) पुर्याउनुपर्ने माग गर्दै सप्ताहन्तमा विरोध प्रदर्शन शुरू गरेका हुन्।
बंगलादेशमा प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री शेख हसिनाले देशमा मौलाएको भ्रष्टाचार तथा अनियमिततालाई रोक्न नसकेको र विरोधीहरूलाई बल प्रयोग गरी आफूले निर्वाचन जित्ने वातावरण बनाउन खोजेको भन्दै आन्दोलित भएका छन्। श्रमिक आन्दोलन र विपक्षी दलको आन्दोलन एकै समयमा हुनुलाई मजदूर नेताहरूले संयोग मात्र भएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
