ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा विशेष टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ।
काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ। नियम उल्लंघन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५२७ जना चालकलाई कारबाही गरिएको छ।
उनले सोमबार बिहानदेखि मंगलबार बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताए। यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्न बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने ३२१ जना चालक कारबाहीमा परेका छन्।
यो पनि: तीव्र गतिका सवारीसाधन ‘स्पिड गन’को निशानामा
प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार ५२७ जना चालकलाई कारबाही गरेको जानकारी दिए। प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
