एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

ठक्करले गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

झापा– झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले सोमबार साँझ बिर्तामोड ४ की ६९ वर्षीया सीता साह कलवारलाई ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स र चालक इलामको माईजोगमाई गाउँपालिका–३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।