गाजामा रहेका १२ ठूला अस्पताललाई दैनिक ९४ हजार लिटर इन्धन चाहिन्छ। अहिले इन्धन अभावका कारण मानिसको उपचार गर्न कठिन भएको छ।
इजरायल–हमास युद्धको चपेटामा परेको गाजा क्षेत्रमा इन्धनको चरम अभाव निम्तिएको छ। त्यहाँका मानिसहरू खाना पकाउनको लागि दाउराको प्रयोग गर्न थालेका छन्। सवारीको रूपमा टाँगाको प्रयोग बढेको छ। मानिसहरू साइकलमा हिँड्न थालेका छन्।


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इन्धनको अभावका कारण गाजाका अस्पतालमा बिरामीको उपचार गर्न पनि समस्या भएको जनाएको छ। गाजामा रहेका १२ ठूला अस्पताललाई दैनिक ९४ हजार लिटर इन्धन चाहिन्छ। अहिले इन्धन अभावका कारण मानिसको उपचार गर्न कठिन भएको छ। डायलासिस गराइरहेका हजारौँ बिरामी छन् भने १३० बालबालिका समयपूर्व जन्मिएका छन्। उनीहरूलाई तत्काल उपचार आवश्यक छ, तर इन्धन अभावका कारण उपचार गर्न समस्या छ।

यस्तै गाजामा पानीको हाहाकार छ। इजरायली हमालाका कारण अधिकांश पानीका ट्यांकी तथा पाइपमा क्षति पुगेपछि पिउने पानीको लागि लाइन लाग्नुपर्ने अवस्था निम्तिएको छ।

इजरायली सेनाले गाजाका बेइट लाहिया, बेइट हानून र जेइटुनलाई लक्षित गर्दै व्यापक हवाई आक्रमण गरिरहेको छ। गाजापट्टिको सम्पूर्ण सञ्चार प्रणाली नष्ट भएको छ, जसले एन्क्लेभको उत्तरी भाग र गाजा शहरमा बमबारीबाट भएको क्षतिको बारेमा हाल अनुमान मात्र गर्न सकिने अलजजिराले जनाएको छ।
अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि शुरू भएको यस युद्धमा अहिलेसम्म दुवै पक्षमा गरी झन्डै १० हजार मानिसले ज्यान गुमाइसकेको बताइएको छ। गाजामा मात्रै ८ हजार ३०० भन्दा धेरै प्यालेस्टिनीकाे मृत्यु भएको छ भने इजरायलमा १० जना नेपाली विदार्थीसहित १४०५ जनाको ज्यान गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
