चिनीको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउने उद्देश्यले सरोकारवालासँग छलफलको थालनी भएको उद्योगसचिव मुकुन्दप्रसाद निरौलाको भनाइ छ।
काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतले प्रतिबन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले चिनीको अभाव सम्बोधन गर्न सरकारले सक्दो प्रयास गरिरहेको पनि दाबी गरे। चिनीको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउने उद्देश्यले सरोकारवालहरूसँग छलफलको थालनी भएको बताउँदै उनले भने, “भारतले चिनी निर्यात नखोलेसम्म नेपालमा रहेको चिनीको समस्या समाधान हुन नसक्ने अवस्था छ।”
उनले दशैँका लागि चिनी उद्योग र अन्य विभिन्न उद्योगमा रहेको स्टक चिनी बजारमा पठाएर गर्जो टरे पनि भारतले चिनी निर्यात प्रतिबन्ध नखोलेसम्म समस्या समाधान गर्न गम्भीर हुनुपर्ने अवस्था रहेको जिकिर गरे। उनले चिनीमा समस्या आउनुको प्रमुख कारणमा तेस्रो मुलुकबाट ल्याउनुपर्ने, भारतले प्रतिबन्ध लगाउनु, आन्तरिक उत्पादनले नधान्नु, मुलुकभित्रका चिनी उद्योगलाई पूर्ण रूपमा चलाउन पर्याप्त कच्चा पदार्थको कमीलाई औँल्याए।
चिनी आयातको विद्यमान भन्सार महसुल ३० प्रतिशत, मूल्य अभिवृद्धिदर १३ प्रतिशत, कृषि शुल्क १.५ प्रतिशत हुँदा घरेलु मूल्यभन्दा नेपालमा आउँदा चिनी महँगो हुने गरेको उनको भनाइ छ। उनका अनुसार नेपालमा चिनीको वार्षिक उत्पादन १ लाख ४० हजारदेखि १ लाख ५० हजार मेट्रिक टनसम्म रहेको छ भने माग २ लाख ८० हजारदेखि ३ लाख मेट्रिक टनसम्म छ। “नेपालको चिनी उत्पादन र उपभोगको अन्तर ठूलो छ,” उनले भने।
नेपालमा चिनी आयातको अवस्था आर्थिक वर्ष २०७७/८७ मा २ लाख ८ हजार १४ मेट्रिक टन, २०७८/७९ मा १ लाख १५४५ मेट्रिक टन, आर्थिक वर्ष २०७९/८०मा ४० हजार ८ सय मेट्रिक टन र चालु आर्थिक वर्षमा शून्य रहेको छ। उनले पछिल्लो समय नेपालमा चिनीको आयात पनि घट्दो क्रममा रहेको र भारतले प्रतिबन्ध लगाएको कारण चालु आर्थिक वर्षमा शून्य परिणाम रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
