मुख्य सरोकारवालाका रूपमा हिंसात्मक द्वन्द्वका पीडितहरूले वर्षौंदेखि एक्लो संघर्ष गर्दै आएको भन्दै पत्रमा महासचिव गुटेरेसलाई उनीहरूको भूमिका र महत्वबारे स्मरण गराइएको छ।
काठमाडौँ– सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा आबद्ध ६ जना नागरिकले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससलाई नेपाल भ्रमण गरेकोमा धन्यवाद दिँदै एक दशक लामो सशस्त्र द्वन्द्वका पीडितहरूसँग उनले नभेटेकोमा भने दु:ख प्रकट गरेका छन्।
चारदिने नेपाल भ्रमण सकेर फर्कनुअघि महासचिव गुटेरेसलाई सम्बोधन गर्दै मंगलबार एक पत्र लेखेर उनीहरूले गुटेरेसको भ्रमणको कदरसँगै पीडितका सरोकारबारे चासो पनि राखेका हुन्। "महासचिव महोदय, नेपालको दशक लामो द्वन्द्वका पीडितहरूसँग भेटघाट गर्न नपाउँदा तपाईंको भ्रमण अधुरो रह्यो भन्ने कुरा दु:खका साथ नोट गर्न अनुमति दिनुहोस्," उक्त सामूहिक पत्रमा लेखिएको छ।
संक्रमणकालीन न्याय प्रक्रियालाई 'अवसरवादी राजनीतिज्ञ र अन्य खेलाडीहरूको स्वार्थका कारण भाँडिन नदिन' मुख्य सरोकारवालाका रूपमा हिंसात्मक द्वन्द्वका पीडितहरूले वर्षौंदेखि एक्लो संघर्ष गर्दै आएको भन्दै पत्रमा महासचिव गुटेरेसलाई उनीहरूको भूमिका र महत्वबारे स्मरण गराइएको छ।
पीडकमैत्री हुने गरी शान्ति प्रक्रिया अन्त्य गर्न विगतमा भूराजनीतिक परिवेशका नाममा भएका प्रयत्न र त्यसमा लागेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय 'भँडुवाहरू' को स्वार्थ हाबी हुने खतराप्रति सचेत हुन आवश्यक रहेको पत्रमा उल्लेख छ।
नेपालको संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन राष्ट्रसंघका तर्फबाट व्यक्त सुझावको भने उनीहरूले प्रशंसा गरेका छन्। संक्रमणकालीन न्याय प्रक्रियालाई न्यायपूर्ण र मानवीय रूपमा टुंग्याउनका लागि अन्तर्राष्ट्रिय कानूनी सिद्धान्तहरूका साथै नेपालको सर्वोच्च अदालतका फैसलाहरूको महत्त्वलाई जोड दिने महासचिव गुटेरेसको विचारले आफूहरूलाई उत्साहित बनाएको प्रतिक्रिया पत्रमा समेटिएको छ।
"गाजामा मानवीय युद्धविरामको महत्त्व, बढ्दो जलवायु विपत्तिका खतराहरू, बुद्ध जन्मस्थलले दिने शान्तिको सन्देशका साथै नेपालको संक्रमणकालीन न्याय प्रक्रियाको सफल निष्कर्षका लागि जरुरी पूर्वशर्तहरूलाई उजागर गर्नमा यस यात्रालाई उपयोग गर्नुभएकोमा हाम्रो देशमा तपाईंको उपस्थितिको हामी प्रशंसा गर्छौं," उनीहरूले महासचिव गुटेरेसलाई लक्षित गर्दै लेखेका छन्।
पत्रका हस्ताक्षरकर्ताहरूमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य डा. गौरीशंकरलाल दास, राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्याल, पूर्व परराष्ट्रमन्त्री हिरा विश्वकर्मा, राष्ट्रिय मानवअधिकार आयोग पूर्वसदस्य सुशील प्याकुरेल, पूर्वराष्ट्रपतिका सल्लाहकार एवं राजनीतिशास्त्री टीका ढकाल र लेखक तथा पत्रकार कनकमणि दीक्षित छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
