इजरायली सेनाको हवाई हमलाका कारण विस्फोट भएको हमास शासित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा विस्फोट हुँदा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ। उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा मंगलबार राति भएको विष्फोटमा परी सयाैँको संख्यामा मानिसहरू घाइते भएको अलजजिराले जनाएको छ।
हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बताएको छ। इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ। यद्यपि यस कथित विस्फोटमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि इजरायली सेनाद्वारा हवाई हमला भएको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
विस्फोटपछि समाचार संस्था एएफपीको टोली जबलिया शरणार्थी शिविर पुगेको छ। घटनास्थलबाट प्राप्त फुटेजमा कम्तीमा ४७ शव भग्नावशेषबाट निकालिएको एजेन्सीले जनाएको छ। समाचार एजेन्सी रोयटर्सका एक फोटोग्राफरले जबलिया शरणार्थी शिविरका केही तस्बिर खिचेका छन्। यी तस्विरहरूमा विष्फोटपछि भग्नावशेषमा आफ्ना प्रियजनलाई खोजिरहेको देख्न सकिन्छ।
रोयटर्सका फोटोग्राफरहरूले खिचेका तस्बिरहरूमा यस शरणार्थी शिविरको ठूलो हिस्सा जमिनमा ध्वस्त भएको देखिन्छ।
गाजा शहरको उत्तरी क्षेत्रमा अवस्थित जबलिया क्याम्प गाजाका आठ शरणार्थी शिविरमध्ये सबैभन्दा ठूलो हो। संयुक्त राष्ट्रसंघका अनुसार जुलाई २०२३ सम्ममा १ लाख १६ हजार प्यालेस्टिनी शरणार्थीले यहाँ नाम दर्ता गरेका छन्। यो सानो तर जनघनत्त्व धेरै भएको क्षेत्र हो।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धबाट पछि नहट्ने चेतावनी दिएसँगै इजरायली सेनाका लडाकु ट्यांकर अहिले गाजामा घुमिरहेका छन्।
प्यालेस्टिनी विद्रोही समूह हमासले गएको अक्टोबर ७ मा इजरायलमा हमला गरेसँगै चर्केको यस युद्धमा झन्डै १० हजार मानिसले ज्यान गुमाइसकेको बताइएको छ। गाजामा मात्रै ८ हजार ३०० भन्दा धेरै प्यालेस्टिनीकाे मृत्यु भएको छ भने इजरायलमा १० जना नेपाली विदार्थीसहित १४०५ जनाको ज्यान गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
