अभ्रद व्यवहार, वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसूरमा कारबाहीका लागि माग गरेका छन्।
काठमाडौँ– गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा बद्री केसीले आर के शर्माको समूहविरुद्ध दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका छन्।
११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा पराजित भएको राजेन्द्रकुमार (आरके)शर्माको समूहले मंगलबार काठामाडौँस्थित एनआरएनएको कार्यालयमा पुगेर गालीगलौज, तोडफोड तथा अभद्र व्यवहार गरेको भन्दै ज्यानै जोखिममा रहेकाले कारबाही गरी पाउँ भन्दै केसीले उजुरी दिएका हुन्। जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा कायम गर्ने र हुलदंगा गर्ने व्यक्तिलाई अभ्रद व्यवहार, वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसूरमा कारबाहीका लागि माग गरेका छन्।
"निर्वाचनमा उपविजेता भएका आरके शर्माको नेतृत्वमा बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना, ओम शर्मा लगायत व्यक्तिहरु संघमा कुनै जानकारी नदिइ गैरकानूनी र अनधिकृतरुपमा प्रवेश गरी एमालेका पूर्व मन्त्री महेश बस्नेतलाई गालीगलौज गर्ने, अनुमतिबिना फोटो खिच्ने तथा चरित्रहत्या गर्ने कार्य भएको छ," उजुरीमा भनिएको छ। साथै उनले सीसीटीभी फुटेजको सहायता लिएर भए पनि अपराधमा संलग्न अन्य व्यक्तिहरूको छानबिन गर्नसमेत माग गरेका छन्।
यस्तै, आरके शर्माको समूहका ओम शर्माले पनि बद्री केसी र नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध दरबारमार्गस्थित प्रहरी वृत्तमा नै उजुरी दिएका छन्। आफूमाथि युवासंघका कार्यकर्ताले हातपात गरेको भन्दै उनले ठाडो उजुरी दिएका हुन्।एनआरएनको कार्यालयमा बस्नेतलाई बोलाएर युवासंघको कार्यक्रम किन राखेको भनेर सोध्ने क्रममा विवाद हुँदा आफूमाथि हातपात भएको उनको भनाइ छ।
एनआरएनए चुनावमा मतदानमा जालझेल भएको भन्दै आरके शर्मा पक्षले विरोध जनाउँदै आएको छ। यता नवनिर्वाचित अध्यक्ष केसीले त्यस्तो जालझेल भएको पाइए आफूले पद छाड्ने बताइरहेका छन्। अझै पनि विवादको किनारा लाग्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
