राष्ट्रियसभाका २० सदस्यको पद आगामी फागुन २१ गतेबाट रिक्त हुँदै छ। तीमध्ये १९ पदमा माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने आयोगले तयारी गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्ने गरी तयारी गरेको छ। अगामी फागुन २१ गतेबाट राष्ट्रियसभाका २० सदस्यको पद रिक्त हुँदै छ। तीमध्ये १९ रिक्त पदका लागि आयोगले माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फागुन २१ गते २० जना राष्ट्रियसभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए।
“रिक्तचाहिँ २० वटै हुँदैछ, तर निर्वाचनचाहिँ १९ वटा पदको निर्वाचन माघको दोस्रो हप्ता सम्पन्न गर्ने गरी आवश्यक तयारी गरेका छौँ। मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ,” उनले भने।
आयोगले माघको १०, ११ अथवा १२ गतेभित्रमा निर्वाचन गर्ने गरी तयारी गरिरहेको उनको भनाइ छ।
उनले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदमा आगामी वर्ष वैशाखमा निर्वाचन गर्ने गरी सरकारलाई परामर्श दिइएको जानकारी दिए। “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य एक/एक र स्थानीय तहका २४ विभिन्न पदमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ। त्यसको निम्ति पनि हामी अनौपचारिक रूपमा छलफलमै छौँ,” उनले भने।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन थालिने पनि बताए। विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीको पनि नामावली संकलन गर्ने गरी प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
