राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले निर्वाचन जित्न नसक्ने बताए।
काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा समानुपातिक प्रणालीको दुरुपयोग गरी धनाढ्य र पहुँचवाला सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका हुन्।
“समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो। समानुपातिक राखेको दलित, विपन्न समुदाय, जनजाति, त्यस ठाउँका जो सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौँ,” उनले भने, “तर समानुपातिकमा त पार्टीभित्रका सबैभन्दा धनाढ्य, पहुँचवाला आएपछि समानुपातिकको औचित्य के? यसमा गम्भीर रूपले विचार गर्नुपर्छ।”
उनी शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेकोप्रति सांसदहरूको ध्यानाकर्षण गराए। समानुपातिकमा पटक–पटक शक्ति, सम्पत्ति भएकाहरू दोहोरिएर आउने हो भने समानुपातिकको औचित्य नहुने आफ्नो पार्टीको ठहर रहेको पनि सुनाए।
उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले निर्वाचन जित्न नसक्ने बताए। निर्वाचन शिक्षा अझ राम्रोसँग दिनुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
