डेंगी संक्रमण बढेसँगै तनहुँका निजी क्लिनिक र अस्पतालमा दैनिक भिडभाड बढेको छ भने कतिपय बिरामी पोखरा र चितवनसम्म धाउन थालेका छन्।
तनहुँ– तनहुँमा दैनिक डेंगी संक्रमितको संख्या बढ्ने क्रम जारी छ। करिब दुई महिनाअघिदेखि फैलिएको डेंगी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार मात्रै १८२ जना नयाँ डेंगी संक्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
जिल्लामा सोमबारसम्म ६ हजार ४८४ जना डेंगी संक्रमित रहेकोमा वृद्धि भई ६ हजार ६६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।
व्यास नगरपालिकामा ६० जना नयाँ संक्रमित थपिएका छन्। यसअघि पाँच हजार ४१५ रहेको यस पालिकामा थपिएर पाँच हजार ४७५ जना पुगेको छ। डेंगी संक्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भिडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन्।
जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा ४९६, ऋषिङ गाउँपालिकामा १९४, भीमाद नगरपालिकामा १८४, म्याग्दे गाउँपालिकामा ११०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना संक्रमित भएका छन्।
यसबाट बच्न वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउने लगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए।
डेंगी संक्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरूप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
